Banner News

घेराबन्दीबीच ओली ‘मेन अफ दी इलेक्सन’ : महासचिव पोखरेल



काठमाडौँ, ३ पौष । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीका विरुद्ध घेराबन्दी गरिए पनि अत्यधिक मत ल्याएर उनी ‘मेन अफ दी इलेक्सन’ बनेको बताएका छन् ।

आज उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा बोल्दै उनले भने, “निर्वाचनमा हाम्रो अध्यक्षलाई चौतर्फी घेराबन्दी गरिएको थियो । तर, उहाँ मेन अफ दी इलेक्सन बन्नुभएको छ । धेरै मत ल्याएको निर्वाचित हुनुभएको छ ।,” एमाले धेरै जिल्लामा ‘क्लिन स्वीप’ गर्ने पार्टी बनेको समेत उनले बताए ।

सत्ता गठबन्धन सरकार गठननजिक भए पनि अबको प्रधानमन्त्री को भन्न सक्ने अवस्थामा नरहेको बताए । “जनताले हामीलाई सरकार गठनको जनादेश दिएका छैनन् । सत्तारूढ गठबन्धनले सरकार गठनको म्यान्डेट त प्राप्त गरेको छैन, यद्यपि सरकारको गठननजिक छ । तर, स्वार्थको सौदाबाजीमा अल्मलिरहेको छ,” उनले भने, “गठन्धनको प्रधानमन्त्री को भन्न सक्दैनन् । गठबन्धनको नीति, उद्देश्य के हो भन्न सकिरहेका छैनन् ।”