काठमाडौँ, ३ पौष । काठमाडौँ महानगरपालिकाले निजी जग्गामा पार्किङ गरिएका सवारीसाधन उठाउन थालेको छ । आइतवार महानगरपालिकाले अनामनगर क्षेत्रमा निजी जग्गामा राखिएका सवारीसाधन उठाएका हो ।
निजी जग्गा क्षेत्रभित्र राखेका दुई पाङ्ग्रे सवारीसाधन महानगर प्रहरीले उठाएपछि यतिबेला अनामनगर क्षेत्र तनावग्रस्त बनेको छ । महानगरपालिकाले गरेको ज्यादतीको विरुद्धमा यतिबेला सवारीसाधन चालकहरु बिरोधमा उत्रिएका छन् ।
उनीहरुले महानगरपालिकाले एकपटक एउटै र अर्को दिन अर्को निर्णय गरेर आम सर्वसाधारणहरुमाथि ज्यादती गरेको बताए । एक सर्वसाधारण राजु श्रेष्ठले महानगरपालिकाले एक लाइन सवारी राख्न पाउने भनेर हप्ता दिनअघि गएको तर अहिले पुनः आएर सवारीसाधन उठाएको भन्दै आपत्ति जनाए ।










प्रतिक्रिया दिनुहोस्