काठमाडौँ, ३ पौष । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न मार्ग प्रशस्त भएको बताएका छन ।
आज प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदलाई प्रमाणपत्र दिने कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्ने बाटो खुलेको बताएका हुन ।
उनले आयोगले चुनावकाे मत परिणाम सार्वजनिक गरिसकेको र निर्वाचित सबैलाई प्रमाणपत्रसमेत दिइसकेकाले नयाँ सरकार गठन हुने प्रक्रिया सुरु गर्न मार्ग प्रशस्त भएको बताए । प्रमुख आयुक्त थपलियाले एक महिनाभित्रमा राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव भइसक्ने पनि बताए । यसका निम्ति सांसदले शपथ ग्रहण गर्नासाथ प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ । चुनावकाे मिति भने सरकारसँगको परामर्श पछि तय गरिने उनले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्