राजनीति

राष्ट्र बैंकको नीतिले धेरै नेपालीको पैसा बच्यो: गभर्नर अधिकारी



काठमाडौँ, ४ पौष । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बिक्ट्क्वाइट तथा क्रिप्टोकरेन्सी लगायतको कारोबारमा नेपालले कडा नीति लिएको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले राष्ट्र बैंकको नितिकै कारण यसमार्फत खेर जाने नेपालीहरूको ठूलो रकम बचेको धारणा राखेका छन् । ‘एक समय बिट्क्वाइन लगायतका क्रिपटोकरेन्सीको मूल्य धेरै बढ्यो, धेरैले लगानी गर्ने रुचि राखे । नेपालमा पनि कानूनी मान्यता दिनुपर्छ भनेर आवाज उठाए’, उनले भने, ‘तर हामीले गैरकानूनी क्षेत्रमा लगानी गर्न हुँदैन् भनेर सर्वसाधारणलाई पटक-पटक सजग गरायौं ।’

अहिले यसको मूल्य धेरै घटेको छ, त्यतिखेर लगानी गरेको भए धेरै नेसालीको लगानी डुब्थ्यो । यो समाचार आजको कारोबार दैनिकमा छ ।