काठमाडौँ, ४ पौष । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु प्रधानमन्त्रीका लागि सवै विषयमा दाउमा राख्ने पक्षमा नरहेको प्रष्ट पारेका छन् ।
सोमबार चितवनमामा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रपतिले सरकार गठनका लागि सात दिनको समय दिएकाले सोही समयावधिभित्र गठबन्धनबाट प्रधानमन्त्री चयन हुने भन्दै कसको नेतृत्वमा सरकार गठन गर्ने भन्नेबारे गठबन्धनमा छलफल चलिराखेको बताए ।
‘हामी गठबन्धनमा छलफल गर्छौ र टुंग्याउछौ । अहिले नै को प्रधानमन्त्री बन्ने भन्ने टुंगो लागेको छैन’, अध्यक्ष प्रचण्डले भने, ‘मैले प्रधानमन्त्रीका लागि आकांक्षा राख्नु स्वभाविक हो तर बाहिर भनेजस्तो दावी भनेर औपचारिक रुपमा गठबन्धनको बैठकमा गरेको छैन ।’ उनले माओवादीले एमालेसँग सरकार बनाउने भन्ने चर्चा सत्य नभएको पनि बताए । ‘स्वभाविक रुपमा सवैसँग छलफल चलिरखेका छ । तर म प्रधानमन्त्रीका लागि सवै चिज दाउमा राख्दिनँ’, अध्यक्ष प्रचण्डले यसअघि धेरै नेताहरुलाई आफुले प्रधानमन्त्री बनाउन भुमिका खेलेको पनि स्मरण गराए ।










प्रतिक्रिया दिनुहोस्