काठमाडौँ, ४ पौष । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनका नेताहरुमा अहंकार देखिए जस्तोसुकै परिस्थितिको सामना गर्ने बताएकाछन् ।
आज पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा उनले आफूहरुको चाहना भने सत्तारुढ गठबन्धनलाई नै निरन्तरता दिने रहेको बताए । उनले भने, ‘हामीले अहिलेकै गठबन्धनलाई कायम राख्ने छौं,’ ‘गठबन्धन दलका नेताहरुले संगसँगै जाने सहमति पनि गरेका छौं । तर, गठबन्धनभित्रकै दलहरुका नेताहरुमा अहंकार पलाउँछ भने हामी जस्तोसुकै स्थितिको सामना गर्न तयार छौं ।’
सत्ता गठबन्धनभित्र शक्ति बाँडफाँटका विषयमा औपचारिक छलफल सुरु नभइसकेका बेला नेपालले दिएको चेतावनीलाई अर्थपूर्ण मानिएको छ । प्रत्यक्षमा १० सिट जितेको एकीकृत समाजवादीले मुख्य पाँच पदमध्ये एक आफूले पाउनुपर्ने दाबी गरेको छ ।










प्रतिक्रिया दिनुहोस्