Banner News

गगन थापाले आफ्नै समूहका सांसदको पनि भोट किन पाएनन ?



काठमाडौं, ६ पुस । नेपाली कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापा पराजित हुनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध दलको नेताको लागि उम्मेदवारी दिएका थापा पराजित हुनुभएको हो । आज बिहान भएको निर्वाचनमा सभापति देउवाले ६४ मत पाउँदा महामन्त्री थापाले २५ मत मात्र पाउनुभयो ।

शेखर कोइराला समूहको समर्थनमा दलको नेतामा उम्मेदवारी दिनुभएको थापालाई सोही समूहका ६ जना सांसदले समेत मत नदिएको पाइएको छ ।

शेखर कोइराला समूहमा रहेका ३१ सांसद र कृष्ण सिटौला समूहका प्रदीप पौडेल समेतले थापालाई समर्थन गर्नुभएको थियो । यद्यपि आफ्नै पक्षका सांसदले समेत थापालाई पत्याएको देखिएन । सभापति देउवाले कोइराला र सिटौला पक्षको मत समेत पाउनुभएको छ ।