समाचार

सोह्रखुट्टेको हिरासतबाट भारतीय थुनुवा फरार



काठमाडौँ, ७ पौष । प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा रहेका एक भारतीय थुनुवा फरार भएका छन् । बुधबार जिल्ला अदालत काठमाडौं लगेको बेला उनी शौचालयबाट फरार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार फरार हुनेमा भारतीय नागरिक १९ वर्षीय सचिन कुमार छन् । उनीविरुद्ध लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको थियो । उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।