काठमाडौँ, ८ पौष । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू-भागमा हुस्सु तथा कुहिरो लागिरहेको छ ।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ । त्यस्तै आज राती सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भूऔभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । शनिबार भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना छ ।










प्रतिक्रिया दिनुहोस्