पोखरा, ८ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू ४ घण्टाभन्दा बढी नसुत्ने गरेको बताउनुभएको छ।
उहाँले जति समय भन्यो त्यति नै समयका लागि सुत्ने बानी परेको पनि बताउनुभयो । अध्यक्ष ओलीले रातकै समयमा पढ्ने गरेको पनि बताउनुभयो ।
बिहान भने आफूसँग समय नै नहुने उहाँले बताउनु भयो । अध्यक्ष ओली पोखरामा आयोजित नेपाल साहित्य सम्मेलनमा गैरराजनीतिक विषयमा शुक्रबार दिउँसो पत्रकार अखण्ड भण्डारीसँग गफ गर्दै यस्तो बताउनुभएको हो ।
‘अरु भेट्न आए त ठीकै छ, नेता नै आएपछि भेट्नै पर्यो। त्यसैले समय हुँदैन। म ५ मिनेट सुत्छु, ७ मिनेट सुत्छु, मलाई आर्लाम चाहिँदैन। कहिलेकाहिँ ४ घण्टाभन्दा बढी पनि सुत्छु तर त्यो सुतेर उठेको सुताइ हुन्छु, उहाँले भन्नुभयो, ‘तपाईंहरुले मेरो बानी नसिक्नुहोला, राति अबेरसम्म नबस्नुस्, बरु बिहान सबेरै उठेर पढ्नुहोस् ।’










प्रतिक्रिया दिनुहोस्