काठमाडौँ, १० पौष । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहँदा देशको केही भू–भागमा हिमपात हुने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो देशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । गण्डकी प्रदेश र वाग्मती प्रदेशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ । देशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यस्तै आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएके छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।










प्रतिक्रिया दिनुहोस्