राजनीति

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक



काठमाडौँ, १४ पौष । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक पुस १६ गते बस्ने भएको छ ।

पार्टी कार्यालय बालकुमारीमा बस्ने राजनीतिक समितिको बैठकमा प्रस्तुत हुने कार्यसूचिहरु तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो ।

जसपाले पुस १८ र १९ गते राजनीतिक समितिको बैठक बोलाएको छ । चुनावी समिक्षा, विधान अधिवेशन, संगठन तथा आगामी कार्यदिशा लगायतका एजेण्डाहरुमा बैठक केन्द्रित हुनेछ ।