Banner News

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाट्न हुँदै



काठमाडौँ, १७ पौष । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाट्न गरिँदैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान विमानस्थलको उद्घाट्न गर्ने कार्यक्रम रहेको छ । वि.सं. २०३० सालमा अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना गरिएको ५० वर्षपछि बल्ल पोखरेलीहरुको सपना पूरा भएको छ । चीनको ऋण सहयोगमा निर्माण गरिएको विमानस्थल २२ अर्ब रुपैयाँमा तयार भएको हो । सुरूमा ११ अर्बमा सकिने गरी डीपीआर तयार पारिएको विमानस्थल सम्पन्न हुँदा खर्च भने दोब्बर पुगेको छ ।

यस विमानस्थलबाट एक महिनापछि मात्रै नियमित उडान गराइने छ । थाइ स्माइल, जजिरा, फ्लाई दुबइ, हिमालयन एयरलाइन्सलगायतका अन्तर्राष्ट्रिय विमान कम्नपीहरुले यस विमानस्थलबाट उडानका लागि चासो देखाएको नागरिक उडेडयन प्राधिकरणले जनाएको छ ।

यसैबीच, विमानस्थल उद्घाट्नका दिन पोखरा महानगरपालिकाभरी आइतबार सार्वजनिक बिदा दिइएको छ । महानगर र अन्तर्गतका कर्मचारी र शिक्षकलाई अनिवार्यरुपमा उद्घाटन समारोहमा उपस्थितिका लागि निर्देशन दिइएको छ ।

अमरसिंह चोकदेखि विमानस्थलसम्म विभिन्न जातजातिको सांस्कृतिक झाँकीसहित र्‍याली निकालिने तयारी छ । उद्घाटन कार्यक्रममा २०३० सालमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना गरी जग्गा अधिग्रहण प्रक्रिया सुरू गर्ने तत्कालीन गण्डकी अञ्चलाधीश शंकरराज पाठकलाई अभिनन्दन गर्ने कार्यक्रम पनि रहेको छ ।