मकवानपुर, १७ पौष । मकवानपुरको भैसेमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी(२ भैसे आँपचौर नजिक थहानगरको दामन तर्फ जादै गरेको ना ४ च ९४१ नम्बरको पिकअप भ्यान आफैं अनियन्त्रित भई नालिमा पल्टिएको थियो । दुर्घटनामा अन्य ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा परि मृत्यु हुनेमा बारा बिश्रामपुर गाउँपालिमा-३ बस्ने अन्दाजी २० बर्षीय राहुलकुमार पण्डितको रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका पण्डितको उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परि सोही स्थान बस्ने २७ बर्षीय अजय चौरसिया, भारतको झारखण्ड घर भएका ३६ वर्षीय विजय दास, पर्सा वीरगञ्ज माहानगरपालिका–१७ बस्ने १८ वर्षीय सुमित गुप्ता, पर्सा बौदरमाई–५ बस्ने २६ बर्षीय दिनानाथ प्रसाद, बारा बिश्रामपुर( ३ मुसरहवा बस्ने अन्दाजी १८ बर्षीय सिबजी साह, बारा बिश्रामपुर(३ मुसरहवा बस्ने अन्दाजी १८ बर्षीय धिरज चौरसिया र सोही स्थान बस्ने १७ बर्षीय पप्पु कुमार गुप्ता र पर्साको बौदरमाई(५ बस्ने अन्दाजी २८ बर्षीय उमेस कुशवाह घाइते भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्