काठमाडौँ, १७ पौष । नेकपा एकीकृत समाजवादीले पोलिट्ब्यूरो बैठक बोलाएको छ ।
बैठक सोमबार विहान ११ बजे पार्टी कार्यालयमा नै बस्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । शनिबार र आइतबार स्थायी कमिटी बैठक बसेपछि एकीकृत समाजवादीले पोलिट्ब्यूरो बैठक बोलाएको हो । स्थायी कमिटी बैठकमा नेताहरुले कसैले सरकारको बारेमा कसैले पार्टी निर्माणको बारेमा, कसैले विगतको गठबन्धनको बारेमा कसैले अहिलेको गठबन्धनको बारेमा धारणा राखेका खतिवडाले बताए ।
उनले भने, ‘भोलि पोलिट्ब्यूरो बैठक आयोजना गरेका छौं । के सुझाव दिन्छ त्यसपछि मात्र यावत विषयमा हाम्रो धारणा बाहिर ल्याउनेछौं ।’










प्रतिक्रिया दिनुहोस्