राजनीति

जसपाको राजनीतिक समितिको बैठक बस्दै



काठमाडौँ, १८ पौष । जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक पुस १८–१९ गते बस्ने भएको छ ।

ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने बैठक बिहान ११ बजे शुरु हुनेछ । बैठकबाट पछिल्लो राजनीतिक परिस्थिति, चुनावको समीक्षा, विधान अधिवेशन, सरकारको न्युनतम साझा कार्यक्रम, सरकारमा सहभागिता र दलहरुसँग एकताका लागि वार्ता समिति गठन लगायतका कार्यकारिणी समितिको बैठकले तय गरेका एजेण्डाहरुमा निर्णय हुनेछ ।