समाचार

भरूवा बन्दुकसहित एक जना पक्राउ



बर्दिया, १८ पौष । बर्दियामा एक थान भरूवा बन्दुकसहित एकजना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार बाँसगढी नगरपालिका–२ बेतहनी बस्ने ४९ बर्षीय दुर्गाबहादुर बिकलाई उनकै घरबाट एक नाल भरुवा बन्दुक र जनावर मार्न प्रयोग हुने जाल दुई थानसहित पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मोतीपुर, बर्दिया राष्ट्रिय निकुञ्ज रम्मापुर पोष्टबाट नेपाली सेना र सहायक वन अधिकृतसहितको संयुक्त टोलीले उनलाई उक्त हतियारसहित पक्राउ गरेको हो ।