समाचार

आजको मौसम



काठमाडौँ, १९ पौष । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पहाडी भूभागमा आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

वर्षा, हिमपात र हुस्सुका कारण चिसो बढ्नेक्रममा रहेको विभागले जनाएको छ । हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन र सडक यातायात तथा हवाई सेवामा प्रभाव पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।