समाचार

आजको मौसम



काठमाडौँ, २० पौष । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार पहाडी भूभागमा आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ । आज दिउँसो गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै आज राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली हुने विभागले जनाएको छ ।