झापा, २० पौष । झापामा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ झिल्मिले पुलस्थित मेची राजमार्गमा २० प ३२७८ नम्बरको मोटरसाइकललाई प्रदेश १–०१–००१ त ९७९७ नम्बरको ट्याक्टरले ठक्कर दिदाँ मोरङको केराबारी गाउँपालिका वडा नं ८ बस्ने २१ वर्षीय योसन लिम्बुको मृत्यु भएको हो ।
उनको बि एण्ड सी अस्पताल विर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल पछाडी सवार १७ वर्षीय लिला श्रेष्ठ घाइते भएका छन् । उनको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनापछि इलामको राङ गाउँपालिका वडा नम्बर ४ बस्ने ३३ वर्षीय ट्याक्टर चालक डिल्ली बहादुर लेप्चालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।










प्रतिक्रिया दिनुहोस्