काठमाडौँ, २० पौष । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
आज नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँगको छलफलमा गृहमन्त्री लामिछानेले विगतका सरकारले उद्योगी व्यवसायीलाई जस्तो आँखाले हेरे पनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताए ।
उनले भने, ‘अगाडि कस्तो निर्णय भएको र कस्तो आँखाले हेरियो थाहा छैन तर हाम्रो तर्फबाट तपाईँहरूलाई रेर्ड कार्पेट छ । उद्योग, व्यवसायको सुरक्षा र उन्नतिका लागि गृह मन्त्रालयले गर्ने काममा चुक्दैनौँ । सरकारको एउटा स्पेशल युनिट खडा हुन्छ । कुनै कामका लागि व्यवसायीले मन्त्रालय वा कार्यालय धाउनुपर्दैन । अब उद्योगी व्यवसायीले सरकारी कार्यालय, कार्यालयका हाकिम र राजनीतिज्ञहरूकामा गएर समय खेर फाल्नुपर्दैन । सरकारको नीतिगत विषयमा समस्या आए सल्लाह, सुझाव दिनु होला । म कानुनी परिधिभित्र रहेर काम गर्ने हो । हामी आउँदैमा समाज रातारात परिर्वतन हुने होइन ।’










प्रतिक्रिया दिनुहोस्