सुनसरी, २१ पौष । सुनसरीको कोसी गाउँपालिका–२ पश्चिम कुशाहामा एक किशोरको हत्या भएको छ ।
कोसी–२ का १६ वर्षीय रञ्जीतकुमार यादवको हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताए । किशोरको शव बुधबार गाउँ नजिकैको आलु खेतमा आधा गाडिएर फालिएको अवस्थामा फेला परेको थियो । उनी मंगलबार दिउँसोदेखि हराइरहेका थिए। उनी घरबाट लौकही गएको र हराएका थिए ।
स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको शरीरमा घाउ चोट र घाँटी बटारिएको डाम भेटिएकाले हत्या गरेर फालिएको हुनसक्ने प्रहरीको अनुमान छ । शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
घटनाको अनुसन्धानमा प्रहरीले कुकुर परिचालन गरेको र थप अनुसन्धान जारी रहेको छ । रासस










प्रतिक्रिया दिनुहोस्