काठमाडौँ, २१ पौष । कर्णाली प्रदेश प्रमुख तिलक परियारले कर्णालीमा ६ दिनभित्र सरकार गठनको दाबी पेश गर्न आह्वान गरेको छ ।
कर्णाली प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार यही पुस २७ गते बुधबार साँझ ५ बजेभित्र दाबी पेश गर्नआह्वान गरेको हो । नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले मुख्यमन्त्री नियुक्त गर्न आह्वान गरेको हो ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न आह्वान गरेको कर्णाली प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्