काठमाडौँ, २१ पौष । अर्थमन्त्रालयका दुई सचिवको सरूवा गरेका छन् ।
आज बसेको मन्त्रिपरिषदको बैठकले हालका अर्थसचिव कृष्णहरि पुष्कर र राजस्व सचिव रामेश्वर दंगाललाई हटाएर वाणिज्य सचिव तोयम रायलाई अर्थमा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव डा. रामप्रसाद घिमिरेलाई राजस्व सचिवमा सरुवा गर्ने निर्णय गरेको हो ।
पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरूवा गरिएको स्रोतले बताएको छ ।










प्रतिक्रिया दिनुहोस्