काठमाडौँ, २२ पौष । मन्त्रीपरिषद् बैठकका ५ वटा निर्णय सार्वजनिक भएको छ ।
बिहीबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय आज सरकार प्रवक्ता एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेका हुन् ।
बैठकका ५ वटा निर्णयहरु:
१. बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्विकृत दिने निर्णय गरेको छ ।
२. सरकारले राष्ट्रिय सभा सदस्य उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको छ ।
३. प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका सञ्जीव ऐरी र चेतन ऐडीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो ।
४. सरकारले अर्थ सचिवमा तोयमा राय र राजश्व सचिवमा रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
५. कम्बोडियामा निधन भएका निराकार पाण्डेको शव ल्याउन आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।










प्रतिक्रिया दिनुहोस्