राजनीति

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त



काठमाडौँ, २५ पौष । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा गण्डकी प्रदेश एमाले संसदीय दलका नेत खगराज अधिकारी नियुक्त भएका छन ।

संविधानको धारा १६८ को २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन । ६० सदस्यीय प्रदेश सभामा अधिकारीलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङसहित ३३ जनाको समर्थन रहेको छ ।