राजनीति

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलसहित ३ मन्त्रीद्वारा शपथ ग्रहण



काठमाडौँ, २६ पौष । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसहित तीन जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

आज बिहान मुख्यमन्त्री जम्मकट्टेलसहित मन्त्रीहरू नेकपा एमालेका जगन्नाथ थपलिया र राप्रपाका उद्धब थापाले पद तथा गोपनियताको शपथ लिएका हुन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश प्रमुख कार्यालय हेटौंडामा उनिहरुलाई शपथ गराएका हुन् ।

११० सदस्यीय प्रदेश सभाम नवनियुक्त मुख्यमन्त्री जम्मकट्टेलले ७० जना सांसदको समर्थन पाएका छन् ।