राजनीति

सरकारलाई विश्वासको मत दिने कांग्रेसको निर्णय



काठमाडौँ, २६ पौष । नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिने भएको छ ।

आज नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट विश्वासको मत दिने निर्णय गरिएको हो ।

अब कार्यसम्पादन समितिको निर्णय संसदीय दलको बैठकमा सुनाइने नेताहरूले बताएका छन् । ल्होत्से हलमै बस्ने संसदीय दलको बैठकबाट विश्वासको मत दिने अन्तिम निर्णय गरिनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसद्मा विश्वासको मत लिँदै छन् ।