२६ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेका छन् ।
आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले राजनीतिकर्मी कहिँ न कहिँ चुकेको आत्मस्वीकारोक्ति सहित काम सुरु गर्ने बताएका छन् ।
उनले भने, ‘म यसपटक फरक संकल्पका साथ संसदसामु उभिएको छु, यसपटक इमान्दार स्वीकारोक्तिका साथ सुरु गर्न चाहन्छु कि हामी राजनीतिकर्मी कहिँ न कहिँ चुकेका छौं ।’
उनले राजनीतिकर्मी चुकेकै कारण ५० लाख युवा विदेशमा काम गर्न बाध्य भएका, विकास आयोजनाहरु लथालिंग भएका र विश्वविद्यालयहरु आफ्नो क्यालेन्डर पनि बनाउन नसक्ने गरी भद्रगोल भएका उनले बताए । उनले आफ्नो पहिलो कार्यकालमा अनुभव र टिम नहुँदा राम्रोसँग काम गर्न नसकेको बताए । त्यतिबेला म सँग न अनुभव थियो न टिम । ‘विभाजित मनोदशा र पार्टीभित्रकै सघर्षमा म रुमल्लिएँ, सिक्दासिक्दै भित्र र बाहिरको घेराबन्दीका बीच राजीनामा दिनुपर्ने अवस्था आयो’ उनले भने ।
प्रचण्डले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा पार्टीसिभत्रको संघर्षमा बढी रुमलिएको स्वीकार गरेका छन् । उनले आफू दुईपटक प्रधानमन्त्री हुँदा ९–९ महिनाको कार्यकाल हुनुमा सिक्दा सिक्दै रुमल्लिएको पनि बताए ।










प्रतिक्रिया दिनुहोस्