काठमाडौँ, २६ पौष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मौका अनुसार व्याख्या नगर्न आग्रह गरेका छन् ।
विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै कांग्रेस सभापति देउवाले प्रतिनिधिसभा विघटन गर्न सकिने ओलीको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताएका थिए । अहिले संविधानको रक्षा नै चुनौती बनेको उनले बताए ।
उनले भने, ‘गुरुजी, २०५८ साल असारमा संसद विघटन गरेर मध्यावधि गरेर आश्विन १८ र माघ १९ पुगेको होइन ?’ उनले भने, ‘मेरा मित्रलाई म सोध्न चाहन्छु, यहाँले होइन संसद विघटन गरेको ?
ओलीले नेपाली कांग्रेसलाई जाल हान्न खोजेका भए त्यो सफल नहुने बताएका छन् । उनले असल नियतका साथ सरकारलाई समर्थन गरेको भए ‘धन्यवाद’ भने ।
“कांग्रेसले सदाशयका साथ प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भए धन्यवाद । तर, जाल बिछ्याउन खोजेको भए त्यो खेर जान्छ । पानी नभएको खोलामा जाल फ्याँकेजस्तै हुन्छ,” ओलीले भने, “माछा पर्ला भनेर ढोल थापेको भए माछा अन्तै जान्छ, त्यो भ्रम नपाल्दा हुन्छ ।”










प्रतिक्रिया दिनुहोस्