अर्थ

सुनको मूल्य घट्यो चाँदीको मूल्य स्थिर



काठमाडौँ, २७ पौष । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३२ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख १७ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।