दाङ, २८ पौष । दाङको घोराही उपमहानगरपालिका–११, अवलडाँडामा मोटरसाइकल पल्टँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय नारायणपुरका अनुसार अवलडाँडाबाट नारायणपुरतर्फ जाँदै गरेको तीनजना सवार रा४प ६०५१ नम्बरको मोटरसाइकल गए राति करिब साढे १२ बजे अनियन्त्रित भई सडकदेखि अन्दाजी १५ मिटर तल खेतमा खसेको थियो । मोटरसाइकलमा सवार घोराही–१०, जलौराका अन्दाजी १८ वर्षीय सरोज चौधरीको मृत्यु भएको हो । उनको उपचारका क्रममा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान पौने २ बजे मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही स्थानका अन्दाजी १९ वर्षीय मंगल चौधरी र मोटरसाइकलमै सवार अन्दाजी २३ वर्षीय ऋषिराज चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ऋषिराजको अवस्था गम्भीर छ ।










प्रतिक्रिया दिनुहोस्