समाचार

भक्तपुरमा प्रहरी प्रमुखलाई घुस दिन खोज्ने दुई जना पक्राउ



भक्तपुर, २९ पौष । भक्तपुरमा प्रहरी प्रमुख (एसपी) प्रजित केसीलाई घुस दिन खोज्ने दुई जना पक्राउ परेका छन् ।

बिहीबार परिसर भक्तपुरको कार्यालय प्रमुखको नम्बरमा फोनगरि मुद्दा मिलाइदिनुस पैसा दिन्छु भनेपछी परिसरको सादा पोशाकमा खटिएको प्रहरी टोलीले धादिङ गल्छी गाउँपालिका ५ बस्ने ४१ बर्सिया अर्जुन तामाङ र सोही गाउँपालिका बस्ने ३२ बर्सिया बिरोध तामाङलाई पक्राउ गरेको हो ।

फोन सम्पर्क गरी लागु औषध (पोल्याण्ड) मुद्धाको अनुसन्धानमा नियन्त्रणमा रहेको जिल्ला धादिङ गल्छी गाउँपालिका ५ बस्ने गोबिन्द तामाङको मुद्धा मिलाई छुटाई दिएमा नगद ५० हजार दिने प्रलोभनमा पार्न खोजेको र उक्त रकमसहित भक्तपुरको कार्यालयमा आएका उनीहरुलाई परिसरको हाताभित्रै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

साथै प्रहरीले खानतलासी गर्दा अर्जुन तामाङको साथबाट नगद रु ५७ हजार ५ सय र कार्यालयमासंगै आएका दुबै जनाको साथबाट सोही नम्बरको फोन र अर्को १ थान गरी जम्मा २ थान मोबाईल सहित नियन्त्रणमा लिई परिसर भक्तपुरमा राखि थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।