राजनीति

घनश्याम भुसाल नेकपा एसको केन्द्रीय सचिवालय सदस्यमा मनोनीत



काठमाडौँ, ३० पौष । नेकपा एकीकृत समाजवादीले नेता घनश्याम भुसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरेको छ ।

पार्टी कार्यालय तीनकुनेमा आज बसेको समाजवादीको सचिवालय बैठकले भुसाललाई पार्टीको केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको महासचिव वेदुराम भुसालले जानकारी दिए ।

बैठकमा भुसाललाई जिम्मेवारी दिने एक मात्र एजेण्डामा छलफल भएको र सचिवालय सदस्यको जिम्मेवारी प्रदान गर्ने निर्णय भएको उनले बताए ।