राजनीति

मुलुकलाई कांग्रेसको चंगुल र दलदलबाट बाहिर ल्याउन सफल भयौँ : रघुवीर महासेठ



काठमाडौँ, ३० पौष । नेकपा (एमाले)का सचिव रघुवीर महासेठले एमालेको प्रयास र नेकपा (माओवादी केन्द्र)को समर्थनमा मुलुकलाई कांग्रेसको चंगुल र दलदलबाट बाहिर ल्याउन सफल भएको बताएका छन् ।

आज काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा उनले प्रधानमन्त्रीलाई विश्वासको मत दिएसँगै कांग्रेस प्रतिपक्ष दल नभएको बताएका हुन् ।

उनले नेपालको राजनीतिलाई देशी तथा विदेशी शक्तिले कसरी कांग्रेसको चंगुल र दलदलमा पारेको भन्ने कुरा ६ महिनापछि थाहा हुने बताए । वर्तमान सरकार बाध्यतात्मक अवस्थामा बनेको भन्दै उनले यसले देश र जनताको अहित हुने गरी कुनै काम नगर्ने उल्लेख गरे । आफूहरूले कांग्रेससँग पनि राम्रै सम्बन्ध बनाउन खोेजेको उनले बताए ।