समाचार

राँगा चाेरी गर्ने एक भारतीय नागरिक पक्राउ



झापा, ३० पौष । झापाबाट गाेठमा बाँधी राखेकाे राँगा चाेरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

प्रहरीका अनुसार झापा गाउँपालिका–४ का अमालाे मियाँकाे गाेठमा बाँधी राखेका २ वटा राँगा चाेरेर फरार रहेका भारतीय नागरिक २२ वर्षीय महमद नाजिरलाई नेपाल भारतको दशगजा सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरेकाे हाे ।

त्यही घटनामा संलग्न रहेका भारतीय नागरिक आजाहार महमद, इजाहुल हक र गाेदा नाम गरेका तीन जना व्यक्ति फरार रहेकाे र खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ । पक्राउ परेका महमद नाजिरलाई चाेरी शीर्षकमा मुद्दा दर्ता गरी झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।