राजनीति

विमान दुर्घटनाप्रति राष्ट्रपति भण्डारीद्वारा दु:ख व्यक्त



काठमाडौँ, १ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दु:ख व्यक्त गर्नुभएको छ ।

आइतबार दिउँसो ट्वीटरमार्फत उहाँले घटनाको खबरले स्तब्ध भएको उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले भन्नुभएको छ, ‘दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’