काठमाडौँ, २ माघ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले ढिलोचाँडो पुनः देशको नेतृत्व लिने बताएका छन् ।
तारकेश्वर गाउँपालिका–३, तारुका चन्दनीमा आइतबार भएको कार्यक्रममा महतले भने, ‘अहिले हामी केही प्राविधिक कारणले सत्ता बाहिर छौँ । बाहिर रहेर नै सरकारको खबरदारी गर्नेछौँ । तर, नेपाली कांग्रेसले छिट्टै देशको नेतृत्व लिन्छ ।’ महतले यो देशको विकास कांग्रेसको नेतृत्वमा मात्र सम्भव रहेको दाबी गर्दै गत निर्वाचनमा जनताले सर्वाधिक मत दिएको दल बाहिरिएको बताए ।
‘विभिन्न रूप रङका पार्टीहरू एक ठाउँमा उभिएर सत्ता चलाइरहेका छन् । देशको सर्वाधिक लोकप्रिय पार्टी बाहिर रहेको छ । कांग्रेसले आफ्नो ठाउँबाट सरकारलाई जनताको विकास निर्माणको चाहना पूरा गर्न लागि पर्नेछ’, उनले भने । रासस










प्रतिक्रिया दिनुहोस्