काठमाडौँ, २ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूलाई उच्च मनोवलका साथ प्रदेशमा गएर काम गर्न निर्देशन दिएका छन् ।
पुस २८ गते भएको सरुवापछि जिम्मेवारी हेरफेर भएका डीआइजीहरुलाई सोमबार गृहमन्त्रालयमा निर्देशन दिँदै गृहमन्त्री लामिछानेले कुनै राजनीतिक हस्तक्षेप बिना संगठनले कार्यकुशलता हेरेर जिम्मेवारी हेरफेर गरको बताए । विगतमा सरुवालाई सजायको रुपमा लिने गरिको भए पनि यसपटक कार्यकुशलता नै हेरेर जिम्मेवारी तोकिएको र प्रदेशमा कुनै पनि राजनीतिक आग्रह वा पूर्वाग्रह नराखी जनताको हितका पक्षमा काम गर्न निर्देशन दिएका हुन् ।
अब प्रहरी नेतृत्वका लागि पनि कुनै शक्ति केन्द्रमा व्यक्तिगत विवरण लिएर धाउनु नपर्ने भन्दै गृहमन्त्री लामिछानेले कार्यकुशलता, कार्यसम्पादन तथा तोकिएको जिम्मेवारीमा कस्तो भूमिका निर्वाह भएको छ यसकै आधारमा नेतृट्ट्व चयन हुने बताए ।










प्रतिक्रिया दिनुहोस्