Banner News

बालकोट जुट्यो दूई नेता बीच सहमती भोलीसम्ममा मन्त्रिपरिषद विस्तार



काठमाडौं २ माघ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको बार्तामा मन्त्रिपरिषदलाई पूर्णता दिने बिषयमा सहमति जुटेको छ ।
ओली निवास बालकोटमा भएको दुई नेताबीचको छलफलमा सहमति जुटेलगत्तै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रिपरिषद विस्तारलाई पूर्णता दिने भएको हो । सोही कामका लागि आज साँझ ५ बजे संयन्त्रको बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले मन्त्रालय भागबण्डालाई अन्तिम रुप दिने भएको छ । त्यसलगत्तै सत्तारुढ दलहरूले नयाँ मन्त्रीको टुंगो लगाउने सहमति छ ।

आज बिहान करिब ५ घण्टा प्रधानमन्त्री दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो । सो क्रममा नेपाली कांग्रेसले विश्वासको मत दिएपछि सत्ता साझेदार दलको रणनीति, मन्त्रिपरिषद् विस्तार, सभामुख निर्वाचनलगायतका विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री दाहालले बालकोटबाट बाहिरिने क्रममा आजै मन्त्रिपरिषद बिस्तारको कुरा टुंगिने बताउनु भएको थियो । बालुवाटार स्रोतका अनुसार भोलि बेलुकीसम्म मन्त्रिपरिषद विस्तारको तयारी गरिनेछ ।