समाचार

खुकुरी प्रहार गरी एक जनाको हत्या



तनहुँ, २ माघ । तनहुँमा खुकुरी प्रहार गरी एक जना पुरूषको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आज बिहान साढे ११ बजे भानु नगरपालिका-६ टुहुरे स्थित डुम्रे-चन्द्रवती भित्री सडकखण्डमा सोही ठाउँमा बस्ने ४९ वर्षीय सन्तबहादुर गुरूङको हत्या भएको हो । हत्या आरोपमा व्यास नगरपालिका-८ रिस्ती बस्ने २४ वर्षीय आशिष परियारलाई हतियारसहित प्रहरीले पक्राउ गरेको छ ।

हत्याको कारण खुलिसकेको छैन । अहिले मुचुल्का लगायतको काम भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न खुकुरी प्रहार गर्ने आशिस परियारलाई हातियारसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।