जनकपुरधाम, ३ माघ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन् ।
प्रदेशसभा सचिवालयका सचिव रंजित यादवका अनुसार मुख्यमन्त्री यादवले मंगलबार दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची छ । जसपा नेता यादव गत बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई ७२ जना सांसदको समर्थन छ । मधेस प्रदेशसभामा १ सय ७ सदस्य छन् । प्रदेशसभामा कांग्रेसका २२ र एकीकृत समाजवादीका ७ सांसद मुख्यमन्त्रीको विपक्षमा देखिएका छन् ।










प्रतिक्रिया दिनुहोस्