Banner News

एमालेबाट थपिँदै चार मन्त्री



काठमाडौं, ३ माघ । नेकपा (एमाले)ले थप चार मन्त्री सिफारिस गरेको छ ।

मंगलबार अध्यक्ष केपी शर्मा ओलीसहित केही शीर्ष नेताहरूले थप चार मन्त्रीको नाम टुंगो लगाएका हुन् ।

एमाले उपमहासचिव विष्णु रिमालका अनुसार एमालेबाट डा. विमला राई पौडेल परराष्ट्र, पदम गिरी स्वास्थ्य तथा जनसंख्या, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र हरि उप्रेती रक्षामन्त्री बन्न लागेका हुन् ।

यसअघि बनेका चारमध्ये विष्णु पौडेलले मात्र उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी पाएका थिए ।