काठमाडौँ, ४ माघ । सभामुखको उम्मेदवारीबारे निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।
बुधबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पदाधिकारी बैठक बस्न लागेको कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए । बैठकमा सभामुखमा उम्मेदवारीबारे निर्णय हुने उनको भनाइ छ । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ५ गते बिहान ११ बजे गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।










प्रतिक्रिया दिनुहोस्