राजनीति

रास्वपाबाट इन्दिरा उपसभामुखको उमेदवार



काठमाडौँ, ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले इन्दिरा रानालाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ ।

आज बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । सत्तारुढ गठबन्धनबीच उपसभामुख रास्वपाले पाउने सहमति भएको छ ।