काठमाडौँ, ६ माघ । प्रतिनिधि सभाका नवनियुक्त सभामुख देवराज घिमिरेले शपथ लिएका छन् ।
आज राष्ट्रपति कार्यालाय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सभामुख घिमिरेले शपथ ग्रहण गरेका हुन् ।
सभामुखको सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्