काठमाडौँ, ७ माघ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रलाई सुधार गर्ने अभियानमा सरकारलाई सरोकारवाला सबै निकायको साथ आवश्यक रहेको बताएका छन् ।
आज कृषि विकास बैंकको ५६ औं वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री पौडेलले आर्थिक दृष्टिकोणले खडा भएको चुनौतिको सामना गर्दै मुलुकको आर्थिक अवस्था र सामथ्र्यलाई सुधार गर्ने अभियानमा सबैको साथ आवश्यक रहेको बताएका हुन् ।
उनले अर्थमन्त्रालय मुलुकको चुनौतिपूर्ण अर्थतन्त्र सुधारको लागि सुशासन, आर्थिक मितव्ययिता, खर्च कटौती, सुविधा कटौती गर्ने अवस्थामा रहेको बताए । अर्थमन्त्री पौडेलले बजेटको मध्यावधिक समीक्षा गर्ने बेलामा समेत राजश्व संकलनमा चालु आर्थिक वर्षको लक्ष्य भेटाउन नसकेको स्वीकार गरे । उनले गत आर्थिक वर्षमा यही समयमा भएको राजश्व संकलन बराबरको राजश्वसमेत उठ्न नसकेको बताए । उनले मुलुकले अन्तर्राष्ट्रिय सहयोग अनुदान तथा ऋण परिचालनमा समेत समस्या रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्