काठमाडौँ, १३ माघ । शिक्षामन्त्री शिशिर खनालको राजीनामा माग गर्दै नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले पुत्ला दहन गरेको छ ।
शुक्रबार रत्नराज्य क्याम्पसअगााडि अनेरास्ववियुका विद्यार्थी नेताहरु भेला भइ शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन् ।
शिक्षामन्त्री खनालले एकदेखि पाँच कक्षासम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छपाइका लागि दिने निर्णय गरेका थिए ।
सो निर्णयपछि निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाउन दिएर घुस खानका लागि यस्तो निर्णय गरेको र यो निर्णयले झनै विद्यार्थीहरुलाई महंगो मूल्यमा पुस्तक किन्न बाध्य हुनुपर्ने अवस्था आउने भन्दै विद्यार्थी नेताहरुले विरोध जनाएका छन् ।










प्रतिक्रिया दिनुहोस्