काठमाडौँ, १४ माघ । देशको पहाडी भेगमा आज बिहान आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार तराईका केही भू–भागहरूमा हुस्सु/कुहिरो लागेको छ । आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।
त्यस्तै आज राति प्रदेश–१ मा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । तराईका थोरै स्थानमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरको छ ।










प्रतिक्रिया दिनुहोस्