दाङ, १४ माघ । सीता एअरले टरीगाउँ विमानस्थलमा हप्ताकाे एक पटक उडान भर्ने भएको छ ।
हिजाे टरीगाउँ विमानस्थलमा परीक्षण उडान गरेको सीता एअरले पहिलो चरणमा हप्तामा एक पटक दाङ-काठमाडौँ उडान भर्ने जनाएको छ । हिजाे दिउँसो १ बजे सीता एअरको विमानले परीक्षण उडान भरेकाे थियाे । लामो समयको प्रयासमा यस विमानस्थलमा निजी विमान कम्पनीले परीक्षण उडान भरेकाे हाे ।
उडान परीक्षणपछि प्राविधिक समस्या, यात्रु लगायतका विषयमा बोर्डमा छलफल गरेर १० दिनपछि नियमित उडान भर्ने छ । यात्रुको मागलाई मध्यनजर गर्दै उडानको तालिका र समय थप्दै जाने बताइएको छ । अहिले दाङबाट काठमाडौँको न्यूनतम भाडा ८ हजार ८ सय १० तथा काठमाण्डौबाट दाङको भाडा न्यूनतम ९ हजार र अधिकतम १२ हजार रुपैयाँ रहेको छ । अहिले कायम रहेको ७ सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग विस्तार गर्ने योजना छ ।










प्रतिक्रिया दिनुहोस्